काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनका लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बासडरमा नियुक्ति गरिएको छ।

राष्ट्रिय वाणिज्य बैंक र दी हिँडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिका तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन्। 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ सेवाका बारेमा ग्राहकमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नका लागि बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताए। कार्यक्रममा दी हिडन ट्रेजरका तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको  पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए। 

कार्यक्रममा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठले आफू सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताइन्। 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रमको सञ्चालन ईश्वर उप्रेतीले गरेका थिए। 

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, बैंक व्यवस्थापन समितिका सदस्यहरु, दी हिडेन ट्रेजरका निर्देशकद्वय सुवर्ण क्षेत्री प्रमोद कंसकारलगायत बैंक कर्मचारीहरुको उपस्थिति थियो।