काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यावसायिक चालु पुँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ।  

बैंकले नयाँ तथा पुराना ग्राहकका लागि व्यावसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशतमात्रै हुने गरी तोकेको हो। बैंकले हाइपोथिकेसन, ओभरड्राफ्ट, डिमान्ड लोन, चालु पुँजीजस्ता व्यावसायिक कर्जा प्रवाह गरिरहेको छ। 

बैंकले निक्षेपमा दिने ब्याजदर वृद्धि गरेको छ।

बैंकको ७७ वटै जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको छ।