काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले गत वैशाख २२ गते राष्ट्रि वाणिज्य बैंकलाई ‘८.५% आरबीबीएल डिबेन्चेर–२०८३’ नामक ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब राष्ट्रिय वाणिज्य बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ भएको ऋणपत्र निष्कासन गर्नेछ। 

राष्ट्रिय वाणिज्य बैंकले निष्कासन गर्ने यो ऋणपत्रको कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाँकी १० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ। 

यो ऋणपत्र ६ वर्ष अवधिको हुनेछ। लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।

यो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।