काठमाण्डौ । बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५१ औँ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ। एक्सटेन्सन काउन्टरको उद्घाटन काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेकी थिइन्।

शाखा कार्यालय धुलिखेलमार्फत रहने उक्त एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिनेछ। 

बैंककी उपकार्यकारी अधिकृत सरस्वती अधिकारीको सभापतित्वमा भएको कार्यक्रम उपप्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए।

उक्त अवसरमा काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, सुरक्षा निकायमा प्रमुखहरु, पत्रकार महासंघ काभ्रेका उपसभापति विनोद न्यौपाने, बैंकका विभागीय प्रमुख दुर्गा कुमारी कँडेल, बागमती प्रादेशिक प्रबन्धक धु्रवप्रसाद अर्याल, शाखा कार्यालय धुलिखेलका शाखा प्रबन्धक ईश्वरी ढुंगेल, बनेपाका शाखा प्रबन्धक जगन्नाथ अधिकारी, कर्मचारीहरुलगायतको उपस्थिति थियो। 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ रहेको छ।