काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयमा आज बसेको बैठकमा मन्त्री पौडेलले लेखापरीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताए। उनले आजका मितिबाट सुरु भई २०८० साल वैशाख १६सम्म लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिए।
राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७३–७४ देखि लेखापरीक्षण हुन बाँकी छ। अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिए।
बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराललगायतको उपस्थिति थियो।
14 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago