काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको यो खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १३.२३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको छ। 

यो अवधिमा बैंकको रिटेन अर्निङ १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष १ अर्ब ३९ करोड रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म बैंकको संचालन मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ४ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो। 

बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म ८ अर्ब ३८ करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको देखिएको छ। 

समीक्षा अवधिमा बैंकले २ खर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार १८.३९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म रिजर्भमा ११ अर्ब १८ करोड रुपैयाँ रहेकोमा आकार बढेर समीक्षा अवधिसम्म १३ अर्ब २४ करोड रुपैयाँको उचाइमा पुगेको हो। 

बैंकको खराब कर्जाको अनुपात ४.६४ प्रतिशत रहेको छ भने बेस रेट ६.७२, सीडी रेसियो ७०.०५ प्रतिशत कायम भएको छ।