काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०६८/६९ का लागि प्रस्ताव गरी पठाएको १२० प्रतिशत लाभांश अस्वीकृत भएको छ।

नियामक निकाय बीमा समितिले कम्पनीले प्रस्ताव गरी पठाएको लाभांश अस्वीकृत गरेको हो। कम्पनीले आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने उद्देश्यसहित प्रस्तावित लाभांश स्वीकृतिका लागि बीमा समितिमा पठाएको थियो। तर बीमा समितिले कम्पनीले पेस गरेका आर्थिक, वार्षिकलगायत हिसाबकिताब पूर्ण नभएको भन्दै अस्वीकृत गरेको स्रोत बताउँछ। समितिले अन्तिम प्रतिवेदन तयार पार्न पनि कम्पनीलाई निर्देश दिएको छ।  

बीमा समितिले कम्पनीले गत आर्थिक वर्ष २०६८/६९ सालको वार्षिक प्रतिवेदन भने स्वीकृत गरेको छ। यद्यपि  आर्थिक वर्ष २०६९/७० को वार्षिक प्रतिवेदन भने अबको साताभरि तयार पारिसक्न पनि बीमा समितिले बीमा कम्पनीलाई निर्देशन दिएको छ। 

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा ६३ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा कम्पनीले ५ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ। 

अहिले धितोपत्र दोस्रो बजारमा हिजो मंगलबार यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १५ हजार ८२० रुपैयाँ रहेको छ।