काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद बीमा शुल्क आर्जन ५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थानको समीक्षा अवधिको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ०.१८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ५ अर्ब ६९ करोड रुपैयाँ खुद बीमा खुल्क आर्जन गरेको थियो।

संस्थानले लगानी, कर्जा तथा अन्यबाट हुने आज १ अर्ब १५ करोड रुपैयाँ रहेको छ। गत वर्ष यस्तो आय १ अर्ब १० करोड रुपैयाँ थियो। गत वर्ष बीमालेखको धितोमा कर्जा आय ५६ करोड ६५ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर ५३ करोड १२ लाख रुपैयाँमा सीमित बनेको छ। 

दोस्रो त्रैमासमा संस्थानको दाबीभुक्तानी ०.५८ प्रतिशतले बढेर १ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थानले १ अर्ब ३६ करोड रुपैयाँ दाबीभुक्तानी गरेको थियो।

संस्थानको व्यवस्थापन खर्च २२.७३ प्रतिशतले बढेर ९ करोड ७२ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो खर्च ७ करोड ९२ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा संस्थानको खुद नाफा २४.१९ प्रतिशतले घटेर २ कराड ६७ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थानका खुद नाफा ३ करोड ५३ लाख रुपैयाँ रहेको थियो।

गत वर्ष २६ करोड २१ लाख रुपैयाँ रहेको संस्थानको जगेडा तथा कोषमा बढेर ३१ करोड २६ लाख रुपैयाँ पुगेको छ।

संस्थानको जीवन बीमा कोषको आकार २२.१८ प्रतिशतले बढेर ३१ अर्ब ७२ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष जीवन बीमा कोषमा २५ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो। 

संस्थानको चुक्तापुँजी १८ करोड १० लाख रुपैयाँको रहेको छ।