काठमाण्डौ । राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म १ अर्ब ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ४७.४१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंकले ६८ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ४८.९० प्रतिशतले बढेको छ। अघिल्ला वर्ष ४४ करोड ६६ लाख रुपैयाँ रहेको सञ्चालक मुनाफा बढेर गत वर्ष ६६ करोड ५० लाख रुपैयाँ भएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब ७४ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मद्यानी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो।
बैंकको जगेडा कोषको आकार पनि बढेर १ अर्ब ५२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष जगेडा कोषमा १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।
कोभिडको असहज परिस्थितिमा समेत बैंकको निक्षेपमा ४२ प्रतिशतको वृद्धिदरसहित ६६ अर्ब ३४ करोड र कर्जामा ३२ प्रतिशत वृद्धिदर सहित ३५ अर्ब ९१ करोड पुगेको छ।
समीक्षा अवधिमा बैंकको शेयर पूँजी २ अर्ब ८७ करोड रहेको छ।
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
16 hours ago