काठमाण्डौ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेललाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका एसोसिएट प्रोफेसर पौडेलसँग योजना आयोगमै आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए। 

यसअघि पौडेल अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का आर्थिक सल्लाहकार पनि थिए।