काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अध्यक्ष डा. बलराम पाठक नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले डा पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। नवनियुक्त अध्यक्ष डा. पाठकले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम पद तथा गोपनीयताको सपथ लिएका छन्। 

डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका छन्। उनीसँग राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालकका रुपमा कार्य गरेको अनुभव रहेको छ। 

डा. पाठक हाल त्रिभुवन विश्वविद्यालयअन्र्तगतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेसामा आबद्ध छन्। 

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम तिम्सिना ढुंगाना तथा बमबहादुर मिश्रलगायत उच्च पदाधिकारी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र कम्पनी सचिव भोलानाथ पौडेलको उपस्थिति थियो।