काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले जागिर खुलेको छ। 

कम्पनीमा चौथो तहदेखि नवौँ तहसम्म खुला प्तियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नका लागि दरखास्त खुलेको हो। 

कम्पनीले सहायक ‘ख’ (चौथो तह) मा ६ र सहायक ‘क’ (पाँचौँ) मा ४ जनाका लागि दरखास्त खुलाएको छ। 

यसैगरी सूचना प्राविधिक अधिकृत (छैटौँ तह) मा २ जना र सूचना प्राविधिक सहायक (पाँचौँ तह) मा १ जनाका लागि जागिरको अवसर सिर्जना गरिएको छ। 

सातौँ तहअन्तर्गत कम्पनीले नायब व्यवस्थक, कानुन अधिकत र सूचना प्राविधिक अधिकृतमा १–१ जनाका लागि दरखास्त आह्वान गरेको छ। 

आठौँ तहको सहव्यवस्थापकमा २ जना र नवौँ तहको व्यवस्थापकमा १ जना कर्मचारी भर्न गर्ने गरी कम्पनीले विज्ञापन खुलाएको छ। 

इच्छुक उम्मेदवारले आउँदो माघ १ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरी माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ।