काठमाण्डौ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ। यस सम्झौताले राष्ट्रिय वाणिज्य बैंकका प्रयोगकर्तालाई मोबाइल बैंकिङ एपमार्फत खल्तीमा पैसामा राख्न गर्न सम्भव बनाएको छ।

यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले अब खल्ती वालेटमा बिना झन्झट ‘खल्ती’ वालेटमा पैसा राखी सबै प्रकारको भुक्तानी गर्नसक्ने भएका छन्। 

सम्झौताका सम्बन्धमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘राष्ट्रिय वाणिज्य बैंकसँगको साझेदारीले निश्चित रुपमा बैंक र खल्तीका लाखौँ ग्राहकहरुले भुक्तानी, वित्तीय सेवाहरु र गतिशीलताको आनन्द लिन सक्नेछन् र हामी यस साझेदारी साँच्चै उत्साहित छौँ। यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ।’

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्तालाई समयका साथै पैसाको बचतमा पनि ‘खल्ती’ ले योगदान दिँदै आएको छ।