काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा ८३ जनाका लागि जागिर खुलेको छ।

केन्द्रीय बैंकमा प्रशासन र प्राविधिक सेवातर्फ जागिर खुलेको हो। बैंकले खुला प्रतियोगिताबाट सहायक निर्देशक (अधिकृत तृतीय) र सहायक (सहायक द्वितीय) पदमा कर्मचारी भर्ना लागेको हो।

राष्ट्र बैंकले प्रशासनतर्फ सहायक निर्देशक पदमा ४५ जनाका लागि दरखास्त आह्वान गरेको छ। यसैगरी लेखा÷लेखा परीक्षणतर्फ ६ सहायक निर्देशक पदमा, वाणिज्य कानुनतर्फ २ सहायक निर्देशक पदमा र सूचना प्रविधितर्फ ५ सहायक निर्देशक पदमा नयाँ भर्ना खुलेको छ। 

बैंकले प्रशासनतर्फ सहायक पदमा २५ जनाका लागि दरखास्त आह्वान गरेको छ। 

इच्छुक योग्य उम्मेदवारले आज मंसिर २४ गतेबाट अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन पुस १५ गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरी पुस २२ गतेसम्म आवेदन दिने व्यस्था पनि मिलाइएको छ।