काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप गरेको छ। 

राष्ट्र बैंकले सोमबार सूचना प्रकाशित गर्दै पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद असोज ३० गतेसम्म पुर्याइएको जानकारी गराएको हो। 

'नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७' मा भएको व्यवस्थाअनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन आह्वान गरिएको हो। पुनर्कर्जाका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले असोज १४ गतेसम्म आवेदन भनिएको थियो। विभिन्न सरोकारवालाहरुबाट कोभिड–१९ को रोकथामका लागि विगतमा भएका लकडाउन, निषेधाज्ञाजस्ता कारणले समय बढाइदिन अनुरोध भई आएकोले उक्त आवेदन पेस गर्ने समय असोज ३० गतेसम्म पुर्याइएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निकालेको सूचनामा उल्लेख छ। 

राष्ट्रबैंकका अनुसार यस्तो पुनर्कर्जा कोभिड १९ बाट अति प्रभावित, मध्य प्रभावित क्षेत्रका लागि उपलब्ध गराइनेछ। 

बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले प्रति ग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, र ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा उपलब्ध गराउनेछ। यसरी उपलब्ध गराइने पुनर्कर्जाको ब्याजदर कम्तीमा ३ देखि बढीमा ५ प्रतिशत हुनेछ। 

संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्छ। यस्तै, आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने, एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक/वित्तीय संस्था मार्फतमात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने भनिएको छ। 

यस्तै पुनरकर्जाको लागि आवेदन गरिएको कुल रकम मध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नुपर्नेछ भने आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक/ऋणी समेटिएको हुनुपर्ने तथा आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात केन्द्रीय बैंकले तोके बमोजिम पुगेको हुनु पर्ने शर्त राखिएको छ। 

पुनर्कर्जा पाउने कोभिड १९ बाट अति प्रभावित र मध्य प्रभावित क्षेत्रको सूचि यस्तो छः