काठमाण्डौ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २७ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरु प्रस्ताव पेस गर्न आह्वान गरेको हो। यसका लागि राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफूले मुद्दति निक्षेपका रुपमा लिन चाहेको रकम उल्लेख गरी यही कात्तिक १६ गते दिउँसो ३ः३० बजेसम्म राष्ट्र बैंकमा सिलबन्दी प्रस्ताव पेस गर्नुपर्नेछ।
राष्ट्र बैंकले उक्त रकम आउँदो मंसिर २ गतेदेखि २०७८ साउन ३२ गतेसम्म २७३ दिनका लागि मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्न लागेको हो।
राष्ट्र बैंकले कुल लगानी गर्न लागेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १९ करोड ५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख रुपैयाँ मुद्दति निक्षेपमा राख्नका लागि प्रस्ताव आह्वान गरेको हो।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्ती दुई वर्ष पूरा गरेकाहरुले मात्र प्रस्ताव पेस गर्न सक्नेछन्।
यसैगरी प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्नेछ। निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेका बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेस गर्न सक्नेछन्।
राष्ट्र बैंकको लगानीसम्बन्धी सूचना यस्तो छ–
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
5 hours ago
5 hours ago