काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यस रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ। 

कम्पनीले नै इजाजतपत्र रद्द गरिपाउँ भनी दिएको निवेदनपछि राष्ट्र बैंकले यस रेमिट लाइसेन्स खारेज गरेको हो। विप्रेषणसम्बन्धी कारोबार गर्दै आएको यो कम्पनीले विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघरसंस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र जानकारी दिन राष्ट्र बैंकले जनाएको छ। सोहीअनुसार लेनदेन सम्बन्धित रहेकाहरुले राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा जानकारी गराउनुपर्ने छन्। 

सूचनामा ‘यस रेमिट प्रालि, कामनपा–२६ लैनचौर काठमाण्डौले राष्ट्र बैकबाट विप्रेषणसम्बन्धी कारोबार गर्न प्राप्त गरेको इजाजतपत्र रद्द गरीपाउँ भनी पेस गरेको निवेदनउपर आवश्यक कारबाही भई विदेशी मुद्रा कारोबार बन्द गर्ने सिलसिलामा सो कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघ र संस्थासँग लेनदेन रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतीस) दिनभित्र यस विभागमा लिखित रूपमा जानकारी दिनुहुन नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ को विनियम १७ को उपविनियम (२) बमोजिम यो सूचना प्रकाशित गरिएको उल्लेख छ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा यस रेमिट प्रालिको विप्रेषणसम्बन्धी कारोबार गर्ने इजाजतपत्र रद्द भई बैंक ग्यारेन्टीसमेत फुकुवा हुने सूचनामा भनिएको छ।