काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलमा कम ब्याजदरमा प्रस्ताव गर्न थालेका छन्। 

महँगो ब्याजदर प्रस्ताव गर्दा राष्ट्र बैंक आफैँले किन्न थालेपछि बैंक तथा वित्तीय संस्थाले यस पटकको सो बिलका लागि केही कम ब्याज प्रस्ताव गरेको हुन्।

केन्द्रीय बैंकले भोलि मंगलबारदेखि जारी गर्ने गरी १३ अर्ब रुपैयाँको ट्रेजरी बिल ल्याएकोमा इच्छुकहरु आज बोलकबोलमा सहभागी बनेका थिए। राष्ट्र बैंकले २८ दिने ५ अर्ब, ९१ दिने २ अर्ब र १८२ दिने ६ अर्ब रुपैयाँको टे«जरी नवीकरण गरेको हो। 

बैंक तथा वित्तीय संस्थाका लागि २८ दिने टे«जरीमा औसतमा ८.९९ प्रतिशत ब्याज कायम भएको छ भने ९१ दिने ट्रेजरीको भने ९.५ प्रतिशत ब्याज कायम गरिएको छ। १८२ दिने ट्रेजरीमा ९.८९ प्रतिशत ब्याज कायम भएको छ। यसअघि क्रमशः २८ दिने टे«जरीमा ११.३४ प्रतिशतसम्म, ९१ दिनेमा १२ प्रतिशतसम्म र १८२ दिनेमा १०.९९ प्रतिशत ब्याजदर कायम भएको थियो।

राष्ट्र बैंकले यसअघि सरकारलाई भार पर्ने भन्दै ब्याजदरलाई सन्तुलनका राख्न आफैँ ट्रेजरी बिल खरिद गरेको थियो। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।