काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ। 

राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले आज एक सूचना प्रकाशित गर्दै प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदमा दरखास्त आह्वान गरेको हो। बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको हो।

प्रशासनतर्फको सहायक निर्देशकमा १८, प्राविधिकतर्फको सहायक निर्देशकमा १ जना र सहायकमा २४ जना गरी कुल ४३ जनाका लागि दरखास्त खुलाइएको छ। 

इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति असोज ६ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी असोज १३ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।