– रेखा चन्द
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभुु बैंक र सेन्चुुरी कर्मसियल बैंकबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।
राष्ट्र बैंकको केही दिनअघि बसेको बोर्ड बैठकले प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। ‘सैद्धान्तिक स्वीकृति प्रदान गरिएकोसम्बन्धी पत्र भने दुवै बैंकलाई आज पठाइएको छ’, राष्ट्र बैंक स्रोतले भन्यो।
प्रभु बैंक र सेन्चुरी बैंकबीच गत साउन १५ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। दुुवै बैंकले प्रारम्भिक सम्झौता गरेको १ महिनापछि नियामकबाट सैद्धान्तिक स्वीकृति पाएका हुन्। दुवै बैंकले बराबरी हैसियत अर्थात १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका छन्।
मर्जरपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ। हाल प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ र सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। मर्जरपछि प्रभुको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
राष्ट्र बैंकका अनुसार अब यी दुवै बैंकले ३ महिनाभित्र सम्पूर्ण सम्पति तथा दायित्व मूल्यांकन गराएर मर्जरको अन्तिम स्वीकृति लिइसक्नुपर्नेछ। राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएको १ महिनाभित्रै एकीकृत कारोबार गर्नुपर्नेछ।
आउँदो मंसिरको तेस्रो सातासम्म राष्ट्र बैंकको अन्तिम स्वीकृति लिएर यी दुवै बैंकले पुसकोे अन्तिम सातासम्म एकीकृत कारोबार सुरु गर्नुपर्नेछ।
यता राष्ट्र बैंकले चालुु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुुस मसान्तसम्म मर्जर तथा एक्विजिसनमा जाने संस्थालाई विभिन्न छुुट सुविधा दिने निर्णय गरेको थियो। सोहीअनुुसार यी बैंकले राष्ट्र बैंकले दिएको छुट सुुविधा पाउने भएका छन्।
यी हुन् राष्ट्र बैंकले दिएका छुुट सुुविधा
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago