काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चारवटा लघुवित्त संस्थाको मर्जर तथा प्राप्ति कार्यलाई स्वीकृत गरेको छ।
राष्ट्र बैंकले महिला सामुदायिक लघुवित्तले जल्पा लघुवित्तलाई प्राप्ति गर्न मागेको अनुमतिलाई स्वीकृति गरेको छ। राष्ट्र बैंकको स्वीकृतिसँगै अब यी दुवै लघुवित्तले जल्पा सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्नेछन्।
आपसमा गाभिएपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय भने रुपन्देहीको बुटवलमा हुनेछ। हाल महिला सामुदायिक लघवित्त दाङ र जल्पा लघुवित्तको केन्द्रीय कार्यालय पोखरामा सञ्चालित छन्।
यसैगरी राष्ट्र बैंकले महुली लघुवित्तले नवकिरण लघुवित्तलाई प्राप्ति गर्न मागेको अनुमति पनि स्वीकृत गरेको छ। अब यी दुवै लघुवित्तको एकीकृत कारोबार महुली लघुवित्त वित्तीय संस्थाको नामबाट सुरु हुनेछ।
हाल महुली लघुवित्त सप्तरी र नवकिरण लघुवित्त काभ्रेको धुलिखेलबाट सञ्चालित रहेका छन्।
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago