काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिलमा आज सोमबार बोलकबोल हुँदैछ।
केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र १ वर्षका लागि भोलि मंगलबार ट्रेजरी बिल जारी गर्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ।
राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिनका लागि १२ अर्ब ४७ करोड रुपैयाँ र १ वर्षका लागि ११ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिल क्रमशः २०७७ फागुन ११ गते, २०७८ जेठ ११ गते र २०७८ मंसिर ७ गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिलको बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारणसमेत सहभागी हुन पाउनेछन्। सबैभन्दा बढी मूल्य बोलकबोल गर्नेलाई पहिलो प्राथमिकतामा राख्दै क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ।
ट्रेजरी बिल अल्पकालीन सरकारी ऋणपत्र हो। यो १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिन्छ। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यस्तो ट्रेजरी बिल बिक्री गरिन्छ।
परिपक्व हुनुअगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ। व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइन्छ।
11 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago