काठमाण्डौ । विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले काठमाण्डौको बालुवाटरस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा नेपालपे र फोनपे दुवै नेटवर्कको क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।
उक्त सेवा राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरी आज साउन २१ गतेदेखि सुरुआत गरेका हुन्। उक्त सेवाबाट राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीले क्यूआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्नेछन्। जसले गर्दा सेवाग्राहीको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ।
यसबाहेक फरक–फरक माध्यममार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैँ तत्पर रहेको छ। बैंकले नगदरहित बैंकिङलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’का रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ।
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago