काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा पीएचडी होल्डर कर्मचारी संख्या १ प्रतिशतमात्र रहेको पाइएको छ।
केन्द्रीय बैंकले ह्युमेन रिसोर्स म्यानेजमेन्ट प्राक्टिस इन नेपाल राष्ट्र बैंक’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार हाल राष्ट्र बैंकमा १ हजार ८२ कर्मचारी कार्यरत छन्।
कुल कर्मचारीमध्ये पीएचडी होल्डर १४ जना छन्। जुन कुल कर्मचारीको १.२९ प्रतिशतमात्रै हो।
यसैगरी केन्द्रीय बैंकमा एमफिल गर्ने कर्मचारीको संख्या पनि १४ मात्र रहेको छ।
कूल कर्मचारीमध्ये सबैभन्दा धेरै स्नातकोत्तर गर्नेको संख्या ६१ प्रतिशत रहेको छ। केन्द्रीय बैंकमा ६०७ जना कर्मचारीले स्नातकोत्तर गरेका छन्।
त्यस्तै राष्ट्र बैंकमा कार्यरत १९ प्रतिशतले स्नातक, ७ प्रतिशतले प्लस टु र ६ प्रतिशतले एसएलसीसम्मको अध्ययन गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र बैंकमा स्नातक गरेका १८६ जना, प्लस टु उत्तीर्ण ६७ जना र एसएलसीसम्म अध्ययन गरेका ५८ जना कार्यरत छन्।
केन्द्रीय बैंकमा कुल कर्मचारीमध्ये ७५ प्रतिशत कर्मचारी पुरुष र २५ प्रतिशत महिला छन्। कुल कर्मचारीमध्ये २ प्रतिशत उच्च तहका अधिकृत छन् भने ५ प्रतिशत प्रथम अधिकृत स्तरका, १८ प्रतिशत द्वितीय अधिकृत, २७ प्रतिशत तृतीय अधिकारी स्तरका छन्।
यसैगरी राष्ट्र बैंकमा १५ प्रतिशत कर्मचारी प्रथम सहायक, २४ प्रतिशत द्वितीय सहायक, १ प्रतिशत तृतीय सहायक र ८ प्रतिशत गैरश्रेणीस्तरका कर्मचारी छन्।
28 minutes ago
42 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago