काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको कुल १५.७८ प्रतिशत लाभांश पारित गरेको छ।

केन्द्रीय बैंकले यो लघुवित्तले प्रस्ताव गरेको लाभांश हिजो बिहीबार स्वीकृत गरेको हो। यो लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) प्रस्ताव गरेको छ।

राष्ट्र बैंकले स्वीकृति दिएसँगै अब यो लघुवित्तले आगामी वार्षिक साधारणसभाबाट प्रस्तावित लाभांश अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।