काठमाण्डौ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधी उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात पुराना मेसिनहरु मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ।
यसै सिलसिलामा महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्रअंकितत ‘मेडालियन सिक्का’को बिक्रीवितरण सुरु गरेको छ।
बबरमहलस्थित टक्सार महाशाखामा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन्। महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको छ।
१० ग्राम सिक्काको रु. १ हजार ६०० र २५ ग्राम सिक्काको रु.४ हजार मूल्य निर्धारण गरिएको छ। बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले जनाएको छ।
दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ। दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ।
सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ। बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago