काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ।
केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिएको जानकारी गराएको हो।
भुक्तानी तथा फर्छ्र्यौट ऐन, २०७५ को दफा ३६ खण्ड (छ) र (ज)बमोजिमको कसुर गरेको देखिएकोले मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ। भुक्तानी फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ को खण्ड (ग)को व्यवस्थाबमोजिम अनुमतिपत्र खारेज गरिएको केन्द्रीय बैंकले स्पष्ट पारेको छ।
उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राकहसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंक सूचित गरेको छ।
7 minutes ago
30 minutes ago
50 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago