काठमाण्डौ । नेपाल राष्ट्र बैंकले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल २९ प्रतिशत लाभांश स्वीकृत गरेको छ।

राष्ट्र बैंकले छिमेक लघुवित्तद्वारा प्रस्तावित लाभांश हिजो सोमबार स्वीकृत गरेको हो। छिमेक लघुवित्तले गत आर्थिक वर्षका लागि २२ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो।

अब छिमेकी लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट प्रस्तावित लाभांश अनुमोदन हुनेछ। त्यसपछि सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।