काठमाण्डौ । नेपाल राष्ट्र बैंकअन्तर्गत रहेका २ वटा विभाग स्थानान्तरण गरिएका छन्।
केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी विकास बैंक सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परीक्षण विभाग हिजो चैत ३१ गते ललितपुरको पुल्चोकबाट काठमाण्डौको बालुवाटारमा स्थानान्तरण भएको जानकारी गराएको हो। सूचनामा उल्लेख भएअनुसार यसअघि ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी विकास बोर्डमा रहेका विकास बैंक सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परीक्षण विभाग काठमाण्डौको बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएका छन्।
अब दुवै विभागका सम्पूर्ण काम बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाटै हुने सर्वसाधारण, सेवाग्राही, बैंक तथा वित्तीय संस्था तथा सरोकारवाला निकायहरुलाई केन्द्रीय बैंकले जनाएको छ।
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago