काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राजस्व संकलनका लागि बैंक तथा वित्तीय संस्थाहरुको शाखा असार मसान्तसम्म सार्वजनिक बिदाका दिन पनि खुला राख्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले हिजो बिहीबार सूचना जारी गर्दै असार २७ गते शनिबार र त्यसपछि सार्वजनिक बिदा परेमा राजस्व बुझ्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालद्वारा जारी सूचनामा वित्तीय संस्थाहरुको शाखा र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिइएको छ।
यसअघि सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेको १ महिनाभित्र राजस्व संकलन गर्न भनेको थियो। सरकारले लकडाउन असार १ गतेबाटै खुलेको भन्दै राजस्व संकलनलाई तीव्रता दिएको छ।
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
5 hours ago
5 hours ago