काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुले पनि अब नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिम वित्तीय विवरण बनाउनुपर्ने भएको छ। 

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुले एनएफआरएसबमोजिम वित्तीय विवरण बनाएर पेस गर्न निर्देशन दिएको हो। 

लघुवित्त वित्तीय संस्थाहरुले २०७८ असार मसान्तको वित्तीय विवरण एनएफआरएसअनुसार समेत समानान्तर रुपमा तयार गर्नुपर्ने व्यवस्था रहेकोले सोहीअनुसार तयार गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। 

यो निर्देशनसँगै अब थोक कर्जा कारोबार गर्ने र सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुले अब एनएफआरएसअनुसार वित्तीय विवरण तयारी गरी राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ। 

एनएफआरएसबमोजिम तयार गर्नुपर्ने वित्तीय विवरणको ढाँचा यस्तो छ–