काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।

राष्ट्र बैंकले लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको पत्र आज एक्सेल डेभलपमेन्ट बैंकलाई पठाएको हो। राष्ट्र बैंकको स्वीकृतिसँगै अब एक्सेल डेभलपमेन्ट बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी प्रस्तावित लाभांश कार्यान्वयनमा आउनेछ। 

एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफा ९ करोड ७५ लाख ६६ हजार ८२५.९८ रुपैयाँ तथा सेयर प्रिमियमबाट ४८ लाख ९० हजार ५९१.८८ रुपैयाँ खर्च हुने गरी हाल कायम चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५४६.९७ रुपैयाँबराबरको बोनस सेयर र ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८७०.८९ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।