काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँबराबरको ‘नागरिक बचतपत्र २०८३’ मा आज (जेठ ११ गते) बाट आवेदन खुला गरेको छ। 

बैंकले आउँदो असार ३ गतेबाट यो बचतपत्र निष्कासन गर्ने उद्देश्यका साथ बिक्री खुला गरेको हो। यस बचतपत्रमा असार १ गतेसम्म आवेदन दिन सकिनेछ। 

यो पाँचवर्षे बचतपत्रको साँवा भुक्तानी २०८३ असार ६ गते हुनेछ। यो बचतपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर तोकिएको छ। लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन्।

यस बचतपत्रमा लगानीकर्ताले न्यूनतम १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद आवेदन दिन सक्नेछन्।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।