काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक’ मोबाइल एप सार्वजनिक गरेको छ। 

आज आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले केन्द्रीय बैंकको मोबाइल एपको शुभारम्भ गरेकी हुन्। बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्री उक्त एपबाट प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकले राखेको छ। उक्त एप हालका लागि ‘बेटा भर्सन’ मा उपलब्ध छ। प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यो एपलाई थप परिस्कृत गर्दै लगिने राष्ट्र बैंकले जनाएको छ।

हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिब सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ। उक्त एपलाई क्रमिक रूपमा आईओएस अपरेटिभ सिस्टममा समेत विस्तार गरिने बैंकको लक्ष्य रहेको छ। 

नेपाल राष्ट्र बैंकको मोबाइल एप तल उल्लेखित लिंकबाट इन्स्टल गर्न सकिन्छ-

https://play.google.com/store/apps/details?id=np.org.nrb&hl=en