काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ५६ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको हो। यस्तो लगानी २०७८ कात्तिक २ गतेदेखि २०७९ कात्तिक २ गतेसम्म ३६६ दिनको हुने राष्ट्र बैंकले जनाएको छ। 

उक्त रकममध्ये क वर्गका वाणिज्य बैंकमा ४४ करोड ८० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ८ करोड ४० लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ८० लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। 

मुद्दति निक्षेपका रुपमा लिन चाहेको रकम खोली राष्ट्र बैंकमा असोज २० गते दिउँसो ३ बजेभित्र fmdbid@nrb.org.np मा प्राप्त हुने गरी ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

लगानीसम्बन्धी नेपाल राष्ट्र बैंकको सूचना हेर्नुहोस् –