काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बिहीबार रु. १० अर्बबराबरको रिपो जारी गर्ने भएको छ। 

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। 

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ११ गते परिपक्व हुने रिपो आज दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। 

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्।