काठमाण्डौ । मेगा बैंक नेपालले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ। 

गत कात्तिक २३ गते बसेको बैंक सञ्चालक समितिले २०७८ असार ३१ गतेको सञ्चित मुनाफा र सेयर प्रिमियम कोष ९ करोड ८५ लाख २१ हजार ७९७.५६ रुपैयाँबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७.६० रुपैयाँको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७०.३८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो। सोहीअनुसार नेपाल राष्ट्र बैंकमा मेगा बैंकले स्वीकृतिका लागि पेस गरेको थियो। तर राष्ट्र बैंकले लाभांश र प्रयोजनका लागि आवश्यक नगद लाभांश पनि प्रस्ताव गर्नुपर्ने निर्देशन मेगा बैंकलाई दिएको थियो।

राष्ट्र बैंककै निर्देशनमा मेगा बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठक लाभांशमा संशोधन गर्दै सेयर प्रिमियम कोष ९ करोड ८५ लाख २१ हजार ७९७.५६ रुपैयाँ र सञ्चित मुनाफासमेत हाल कायम चुक्तापुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७.६० रुपैयाँको कुल १२.०७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४९५.७६ रुपैयाँबराबरको बोनस सेयर र २.०७ प्रतिशतले हुन आउने ३० करोड ३३ लाख ५७ हजार ७७४.६२ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।