काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। 

राष्ट्र बैंकले सोमबार पत्र पठाउँदै संस्थाले प्रस्ताव गरेको चुक्तापुँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँको कुल २० प्रतिशत लाभांश स्वीकृत गरिएको जानकारी गराएको हो। 

संस्थाले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

अब प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।