काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब १० करोड रुपैयाँ बढी लगानी योग्य रकम बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ। 

राष्ट्र बैंकले यही मंसिर २९ देखि आगामी वर्ष मंसिर २९ सम्म १ वर्षका लागि कुल १ अर्ब १० करोड ७८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्न गर्ने भएको हो। यसका लागि राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ। 

केन्द्रीय बैंकले क वर्गका वाणिज्य बैंकहरुमा ८८ करोड ६४ लाख रुपैयाँ, ख वर्गका विकास बैंकहरुमा १६ करोड ६१ लाख रुपैयाँ र ग वर्गका वित्त कम्पनीहरुमा ५ करोड ५३ लाख रुपैयाँ मुद्दति निक्षेपका लागि छुट्याएको छ। बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिनका चाहेको रकम खोली केन्द्रीय बैंकमा ब्याजदरसहित प्रस्ताव यही मंसिर १७ गते दिउँसो १ बजेभित्र पेस गर्नुपर्ने छ।