काठमाण्डौ । नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।

राष्ट्र बैंकले प्रस्तावित लाभांश वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गर्न महुली लघुवित्तलाई स्वीकृति प्रदान गरेको छ। 

महुली लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको हाल कायम चुक्तापुँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँको कुल २६ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। 

राष्ट्र बैंकको स्वीकृतिसँगै अब यो लघुवित्तले आगामी वार्षिक साधारणसभाबाट प्रस्तावित लाभांश स्वीकृत गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।