काठमाण्डौ । राहदानी विभागले अत्यन्त जरुरीबाहेकका सेवाग्राहीले राहदानी बनाउन विभागमा निवेदन नदिन आग्रह गरेको छ।
विभागले आइतबार सूचना जारी गर्दै विभागमा राहदानी लिने सेवाग्राहीको संख्या विगत ३ महिनादेखि उल्लेख्य रुपमा बढिरहेको जनाउँदै यस्तो आग्रह गरेको हो। काठमाण्डौ उपत्यकाबाहिरका जिल्लामा १० दिनदेखि १५ दिनभित्र राहदानी उपलब्ध गराउने सुनिश्चितता गरिएको अत्यन्त जरुरीबाहेकका सेवाग्राहीले राहदानी बनाउन विभागमा निवेदन नदिन विभागले आग्रह गरेको छ।
धेरै सेवाग्राहीलाई सेवा दिने अभिप्रायले विभागले आफ्नो क्षमता अभिवृद्धि गर्ने, सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।
हाल दैनिक ६५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको भन्दै विभागले बढीभन्दा बढी सेवाग्राहीलाई सेवा दिन आफूहरु तत्पर रहेको र सोहीअनुरुप अधिकतम समय कार्य गरी सेवा दिइरहेको स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु विभागले प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेकोले काठमाण्डौ उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ताभित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिनभित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको विभागले जनाएको छ।
राहदानी सेवालाई छिटो, छरितो र सरल तुल्याउन विभाग क्रियाशील रहेको सूचनामा उल्लेख छ। ‘सुरुमा २–३ महिनासम्म लाग्ने सेवा प्रवाहको समय घटाएर हाल १ हप्ताभित्रै सेवा प्राप्त गर्न सक्ने प्रबन्ध मिलाइएको छ’, विभागले भनेको छ।
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago