काठमाण्डौ । मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ। यसका साथै रिचार्जरले आइफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८८८ रुपैंयाको मासिक किस्तामा १२८ जिबी स्टोरेज भएको आइफोन १२ उपलब्ध गराउने भएको छ। यसका लागि डाउन पेमेन्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य हुनेछ। 

माछापुछ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिटकार्ड वाहले तत्काल आईफोन खरिद गर्न सक्ने छन्। अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रक्रियाबाट शून्य प्रतिशत ब्याजदरमा आइफोन खरिद गर्न सक्ने छन्। 

गुगल प्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागी हुन सकिनेछ। रिचार्जरले अफरको समयमा १२ रुपैयाँमा आइफोन १२ जित्ने व्यवस्था गरेको छ। यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैयाँमा टोकन खरिद गर्नुपर्ने रिचार्जरले जनाएको छ। 

त्यसैगरी रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ। 

गुगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी अकाउन्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउन सकिन्छ। यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा सतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ। अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ।