काठमाण्डौ। नेपाली ई–कमर्स मोबाइल एप रिचार्जरले ‘भ्यालेन्टाइन्स डे’का अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ।

रिचार्जरबाट पोखरा साइट सिन बुकिङ गर्नेले ५ हजार ९९९ रुपैयाँमा पोखरासम्मको हेलिराइड पाउने अफर ल्याएको हो। अफरमा सहभागी हुनका लागि शुक्रबारदेखि रिचार्जरको मोबाइल एपमा बुकिङ खुल्ला गरिएको छ।  

यसका साथै रिचार्जरले एपका नयाँ प्रयोगकर्तालाई २ हजार क्यासप्वाइन्ट उपलब्ध गराउने भएको छ। यसका लागि गुगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्नु पर्ने हुन्छ। यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट वस्तु तथा सेवा खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ। 

यसका साथै, भ्यालेन्टान्स डेका अवसरमा रिचार्जरबाट गिफ्टहाम्पर प्याकेज, केक, रोज, पर्फ्युम, मोबाइल, ल्यापटप लगायतका ग्याजेट्स खरिद गर्दा आकर्षक छुटसमेत प्रदान गरिने रिचार्जरले जनाएको छ। कमजोर आर्थिक अवस्था भएकाहरुले रिचार्जरबाट शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा सामानहरु खरिद गर्न सक्छन्। किस्ताबन्दीमा सामान खरिद गर्नेहरुले पनि भ्यालेन्टान्स अफरका छुटहरु पाउनेछन्। सबै अफरहरु भ्यालेन्टान्स डेको दिनसम्म मात्र लागू हुनेछ।

विभिन्न किसिमका सेवाको बिलसमेत भुक्तानी गर्न सकिने रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा सतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ भने अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि २० प्रतिशतसम्म क्यास प्वाइन्ट पाइन्छ।