काठमाण्डौ । मोबाइल एप रिचार्जरले आगामी भदौ ११ गतेबाट ब्राण्डेड सामाग्रीहरुको मेगा सेल ग्याजेट मेला सञ्चालन गर्ने भएको छ । मोबाइल एपमा सञ्चालन हुने उक्त मेगा सेलमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा लोकप्रिय ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिज, फ्रिज जस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, परफ्युम लगायतका सामानहरु उपलब्ध हुने छन् । 

आम प्रयोगकर्तालाई कोरोना संक्रमणको जोखिमबाट बच्न विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले अन्य प्रकृतिका विभिन्न ब्राण्डका सामाग्रीहरुको पनि बिक्री खुला गर्न लागेको हो । 

ब्राण्ड मेगा सेलमा ५० प्रतिशतसम्मको छुटका अलावा कतिपय सामाग्रीको खरिदमा ‘बाइ वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्न सकिने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।
भदौ ११ गतेबाट एक सातासम्म चल्ने मेलामा सामान खरिद गर्नेहरुले भदौ ३ गतेदेखि गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता खोल्दा एक हजार बराबरको क्यास प्वान्ट तत्काल रिचार्जर एकाउण्टमा जम्मा ग्लाइडरले जानकारी दिए ।  

भदौ ३ गतेदेखि १० गतेसम्ममा रिचार्जर डाउनलोड गरी खाता सञ्चालन गर्नेहरु मध्येबाट एक जनालाई गोलाप्रथाबाट आईफोन एसई उपलब्ध गराइनेछ भने हरेक दिन एक जनालाई स्मार्ट फोन उपलब्ध गराइने रिचार्जरले जनाएको छ । हरेक दिन साँझ ६ बजे रिचार्जरको फेसबुक पेज लाइभ मार्फत विजेता घोषणा गरिनेछ । 

कोरोना संक्रमण नियन्त्रणका लािग सुपथ मूल्यमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, प्रोटेक्सन किट्स लगायत उपलब्ध गराउँदै आएको छ । एन ९५ मास्क ३५ रुपैयाँमा बिक्री बितरण भईरहेको छ । कोभिड प्रतिरोधात्मक भिटामिन सीयुक्त ‘डबल सी’ ब्रान्डको जुस १०० रुपैयाँमा एउटा किन्दा एउटा सित्तैमा उपलब्ध हुनेछ । यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । 

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा पनि क्यास प्वाइन्ट पाउछन् । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।