काठमाण्डौ । ई–कमर्स प्लेटफर्म रिचार्जरले अक्सिन सिलिन्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ। 

नेपाली बजारमा कोभिडसम्बन्धी उपकरण सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले महँगो मूल्यका उपहरणको पहुँच नभएकाहरुलाई भाडामा उपकरणहरु उपलब्ध गराउने भएको हो। १० लिटर क्षमताको अक्सिजन सिलिन्डर प्रतिदिन २५० र ४० लिटर क्षमताको प्रतिदिन ३७५ रुपैयाँमा भाडामा उपलब्ध हुनेछ। 

त्यसैगरी ५ लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर प्रतिदिन ५०० रुपैयाँ र १० लिटर क्षमताको प्रतिदिन १ हजार रुपैयाँमा भाडामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ। आपसी सहमतिमा धरौटी लिएर अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने व्यवस्था गरिएको छ। 

यसका साथै सिलिन्डर खरिद गर्न चाहनेहरुलाई रिचार्जरले १० लिटरको अक्सिजन सिलिन्डर ९ हजार ५०० रुपैयाँ र ४० लिटरको १४ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने छ। 

रिचार्जरमा अर्डर गरिएका कोभिड उपकरणका साथै अन्य वस्तुहरु उपत्यकामा १ घन्टामै र मुलुकभर २४ घन्टामा डेलिभरी दिनेछ। 

बन्दाबन्दी खुकुलो हुँदै जाँदा रिचार्जरले घर, अफिस, स्कुल, होटल, अस्पताल वा डोनेसनका लागि थोकमा कोभिड उपकरण चाहिएको अवस्थामा सहजै उपलब्ध गराउने जनाएको छ। यसका लागि काठमाण्डौको दरबारमार्गस्थित रिचार्जरको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।