काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफा ३० प्रतिशत बढीले घटेको छ। 

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३०.६८ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले ३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन खर्च ३०९.०६ प्रतिशतले बढेको २ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो खर्च ५४ लाख ६३ हजार रुपैयाँमा सीमित थियो। 

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ७.३० प्रतिशतले बढेर ४ करोड २८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

चुक्तापुँजी ५८ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ६२.८४ प्रतिशतले घटेर २ करोड २४ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष रिजर्भमा ६ करोड ४ लाख रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४.८७ रुपैयाँमा झरेको छ। पीई रेसियो ४३.५७ प्रतिशत रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०३.८४ रुपैयाँ रहेको छ।