काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले सञ्चित मुनाफाबाट चुक्तापुँजीको १२.६ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ।

यसैगरी बैठकले कम्पनीको २० औँ वार्षिक साधारणसभा (एजीएम) पनि डाकेको छ। सभा आउँदो कात्तिक १२ गते जुममार्फत गर्ने सञ्चालन समितिले निर्णय गरेको छ।

सोही सभाले नगद लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।