काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई गाभ्ने भएको छ।

कम्पनीले विगतका साधारणसभाहरुबाट समेत निर्णय गरेअनुरुप रैराङ हाइड्रोपावरलाई गाभ्न लागेको हो। रैराङ हाइड्रोपावरलाई गाभ्ने विशेष प्रस्ताव रिडी हाइड्रोपावरले आफ्नो २० औँ वार्षिक साधारणसभा (एजीएम) बाट पारित गर्नेछ। 

रिडी हाइड्रोपावरले वार्षिक साधारणसभा आउँदो कात्तिक १२ डोकेको छ। सोही सभाले रैराङलाई गाभ्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

सोही सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव १२.६ प्रतिशत नगद लाभांश पनि पारित गर्नेछ। 

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आउँदो कात्तिक २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।