काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजले करिब १० करोड डलरमा अमेरिकाको न्युयोर्कस्थित प्रिमियम लक्जरी होटेल मन्डारिन ओरियन्टल किन्ने सम्झौता गरेको छ। यो होटेल बल रुम, फाइभ स्टार स्पा, एमओ लाउन्ज र उत्कृष्ट खानपानका लागि प्रसिद्ध छ।
समाचार एजेनसी पीटीआईका अनुसार सन् २००३ मा बनेको २४८ कोठा र सुइट्स भएको यो प्रख्यात लक्जरी होटेल सहरको सेन्ट्रल पार्क र कोलम्बस सर्कलनजिक रहेको छ।
रिलायन्स यो होटेल किन्ने सम्झौता गरेको विषयमा शनिबार राति खुलासा गरेको थियो। रिलायन्स इन्डस्ट्रिजको पूर्ण स्वामित्व भएको सहायक कम्पनी रिलायन्स इन्डस्ट्रियल इन्भेस्टमेन्ट्स एन्ड होल्डिंग्सले कोलम्बस सेन्टर कर्पोरेसनको सबै सेयरयुँजी किन्ने सम्झौता गरेको कम्पनीले जनाएको छ। कोलम्बस सेन्टर आइल्यान्ड्समा स्थापित कम्पनी हो।
न्युयोर्कको प्रिमियम होटेलहरुमध्ये एउटा मन्डारिनमा कोलम्बस सेन्टरको करिब ७३ प्रतिशत सेयर रहेको छ। रिलायन्स त्यही ७३ प्रतिशत सेयर ९.८ करोड डलरमा किन्ने सम्झौता गरेको हो। – एजेन्सी
21 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago