काठमाण्डौ । रिलायन्स फाईनान्स कम्पनी लिमिटेडको ११ औं वार्षिक दिवसको अवसरमा विभिन्न सरकारी गैर सरकारी तथा निजी कम्पनीहरुमा कार्यरत कर्मचारीहरु लगायत सर्वसाधारणलाई लक्षित गरी उच्चतम प्रतिफलयूक्त “रिलायन्स स्वाबलम्बी बचत खाता” संचालनमा ल्याएको छ । 

उक्त  शीर्षकमा खाता खोली कारोबार संचालन गर्ने ग्रहाकहरुका लागि सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा रु.३ लाख रुपैयाँसम्मको दूर्घटना बीमा तथा रु.१ लाखसम्मको १८ प्रकारका घातक रोगहरुको बीमा उपचार सुबिधा उपलब्ध गराउने सम्झौता भएको छ ।  

उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा रिलायन्स फाईनान्स लिमिटेडको तर्फबाट अनिल श्रेष्ठले हस्ताक्षर गरी  सम्झौता पत्र एक अर्कालाई हस्तान्तरण गरे ।